स्वास्थ्य संस्था संचालन तथा क्षमता अभिवृद्धि तालिम हल्दिवारीमा सम्पन्न

 

झापा । स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम जलथल स्वास्थ्य चौकी हल्दिवारी ४ मा आज सम्पन्न भएको छ। साहरा नेपाल र हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा को संयुक्त आयोजनामा भदौ१५ र १६ गते भएको कार्यक्रममा जलथल स्वास्थ्य चौकी व्यवस्थापन समिति,शिक्षक, वाणिज्य संघ लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

  1. जलथल स्वास्थ्य चौकी व्यवस्थापन समिति,शिक्षक, वाणिज्य संघ लगायत सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा स्थानीय तहमा स्वास्थ्य संस्था लाई गुणस्तरिय रूपमा कसरी संचालन गर्ने, व्यवस्थापन समिति र संस्थाको भूमिका कस्तो हुनुपर्छ , स्वास्थ्य सेवाका न्युनतम मापदण्डहरू के हुन र कसरी पुरा गर्ने, समतामूलक स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा अन्तरकृया गरिएको थियो।

कार्यक्रमको दोस्रो दिन जलथल स्वास्थ्य चौकी को स्थलगत निरीक्षण गरिनुका साथै सुधार गर्नुपर्ने कुराहरु पनि सहभागीहरूले औल्याएका थिए।
जलथल स्वास्थ्य चौकी हल्दिवारी गाउँपालिका भित्र प्रसुती तथा सुरक्षित गर्भपतन सेवा दिन सक्ने एकमात्र संस्था रहेको छ। पर्याप्त जनशक्ति र भौतिक पूर्वाधार विकास गरिएको यो स्वास्थ्य चौकीमा उपलब्ध सेवा सम्बन्धी जनतालाई कसरी पहूँच मा ल्याउने भनि छलफल गरिएको थियो।

” ग्रामीण क्षेत्रमा नि यतिको भौतिक संरचना र दक्ष जनशक्ति भएको स्वास्थ्य संस्थाको स्तरोन्नति को लागि नवजात शिशुलाई न्यानो बनाउने मेसिन तथा बच्चा राख्ने ट्रली विश्वास परियोजना को सहकार्य मा साहरा नेपाल ले उपलब्ध गराउने छौ ” भन्दै साहरा नेपालका परियोजना संयोजक पवन राइले यो स्वास्थ्य चौकीको प्रशंसा गरेका थिए।

कार्यक्रममा हल्दिवारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष एवम् व्यवस्थापन समिति अध्यक्ष सन्तकुमार थापा, वडा सदस्य एवम् उपाध्यक्ष शान्ता वि.क ,शिक्षक अर्जून भट्टराई, स्वयमसेविका कमला भट्टराई लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो भने हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला एवंम साहरा नेपालका परियोजना संयोजक पवन राइले प्रशिक्षण दिएका थिए  साथै यो तालिम सबै स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रमा पनि क्रमश हुदै जाने स्वास्थ्य शाखा प्रमुख निरौलाले जानकारी दिएका थिए। कार्यक्रमको संचालन व्यवस्थापन समिति सचिव एवंम स्वास्थ्य चौकी प्रमुख रामप्रसाद ढकाल ले गरेका थिए। कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष थापाले स्वास्थ्य चौकी को स्तरोन्नति को लागि वडा कार्यालयले पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search