झापा। हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिहरू संग बालबालिकाहरू ले “जनप्रतिनिधिहरू संग बालबालिका बहस ” कार्यक्रम गरेका छन्। उज्यालो बालकल्ब का अध्यक्ष अनुप शशांखरको सभापतित्व रहेको कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन प्रमुख अतिथि ,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली विशेष अतिथि भने वडा नं १ का वडाध्यक्ष देवी थापा,२ का अध्यक्ष सुकलाल राजवंशी, ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर लगायत अतिथि रहेका थिए।
बालबालिकाहरूका तर्फबाट पवन गिरी, खुसी शाह,मेरिशा बास्कोटा,पुष्कल घिमिरे,प्रितम कार्की,सुशन बुढाथोकी,सुगम गिरी,मौसम खड्का, मनिका बास्कोटा लगायतले जनप्रतिनिधिहरू संग हल्दिवारीका
सबै वडामा बाल कल्ब गठन गर्नुपर्ने, पुर्ण बाल मैत्री गाउँपालिका बनाउन पर्ने
बालबालिकाहरुलाई विधालय मार्फत अतिरिक्त क्रियाकलापहरू मा सहभागी गराई क्षमता अभिवृद्धि गर्न सहयोग गर्नुपर्ने, सवै
विधालयहरुमा स्वच्छ खानेपानी , बालबालिकामा बढदै गएको कुलत नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने, यसैगरी विधालयमा पुस्तकालय स्थापना गर्नुपर्ने, खेलकुदमा सहयोग गर्नुपर्ने लगायतका विषय विषय उठाएका थिए।
बालबालिकाको सवाल को जवाफ दिदै अध्यक्ष लिङदेनले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै उठाइएका विषयवस्तु उचित भएको र सकेसम्म पूरा गर्ने वचनबद्धता जनाएका थिए। यसैगरी बालबालिकाको हितको कार्यको लागि गाउँपालिका सधै तयार रहेको धारणा राखेका थिए । हल्दिवारी गाउँपालिका का सबै वडाका प्रतिनिधिमूलक बालबालिका को सहभागिता रहेको कार्यक्रममा खुसी शाहले स्वागत मन्तव्य राखेकी थिइन् भने संचालन भुवन कार्कीले गरेका थिए