हल्दिवारी गाउँपालिका द्वारा जिल्ला अदालत झापालाई स्क्यानर मेसिन हस्तान्तरण

झापा। हल्दिवारी गाउँपालिकाले ‌ अदालतका कामकाज सहज होस् भनेर जिल्ला अदालत झापालाई ५ वटा स्क्यानर मेसिन हस्तान्तरण गरेको छ । झापा जिल्ला अदालत पुगेर न्यायधीश चन्द्रमणी ज्ञवालीलाई हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र ४ नं वडाध्यक्ष सन्तकुमार थापा ले संयुक्त रुपमा मेसिन हस्तान्तरण गरेका थिए । यसैक्रममा न्यायाधीश ज्ञवालीले संघिय सरकार वाट पर्याप्त स्रोत र साधन उपलब्ध नभएको भन्दै विभिन्न स्थानीय निकायले सहयोग गरिरहेको वेला हल्दिवारी गाउँपालीकाले गरेको सहयोगको प्रशंसा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search