भद्रपुरमा ३ दिने निशुल्क आँखा उपचार शिविर शुरु

झापा । झापाको भद्रपुरमा सोमवार देखि ३ दिने निशुल्क आँखा उपचार शिविर शुरु भएको छ । सरिया परिवारको आयोजना, इनर व्हिल क्लव अफ भद्रपुरको सह आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार शिविर सुरु भएको हो ।

Advertisement

भद्रपुर स्थित आँखा उपचार केन्द्रमा सुरु भएको शिविरको भूमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री ओम प्रकास सरावगीले उदघाटन गरेका थिए । दाता सत्यनारायण सरियाको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको विशेष आतिथ्य रहेको थियो भने रोटरी क्लव अफ भद्रपुर, इनरव्हील क्लव अफ भद्रपुर र मेची आखा अस्पतालका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । तालिम संयोजक युवराज वोहोराले संचालन गरेको शिविरको उदघाटन अवसरमा करिव २ सय जनाको आँखा जाँच,३२ जनाको शल्कक्रिया र ४ जनाको एजेरु पलाएको उपचार गरिएको थियो ।

उध्योगी चण्डी पराजुलीले स्वागत गरेको कार्यक्रममा इनरव्हील क्लवका अध्यक्ष कुशुम अधिकारी पराजुली,मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशी लगायतले शुभकामना मन्तव्य राखेकाे अस्पतालकी आउटरिच अफिसर कविता कार्कीले बताइन शिविर भाद्र २२ गते सम्म संचालन हुनेछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search