झापा। चौथो साउदी अरब गोल्डकप आयोजना हुने भएको छ। साउदी अरब भेट्रान क्लबका अध्यक्ष जय राईको अध्यक्षतामा भदौ २१ गते बसेको बैठकले गोल्डकप गर्ने निर्णय गरेको छ भने मिति र स्थान केही समय पछि तय हुने जनाइएको छ।
रू १ लाख २१ हजार १ सय ११ रूपैयाँ, ट्रफी र मेडल पहिलो पुरस्कार रहने छ भने ६१ हजार १ सय ११ रूपैयाँ उपबिजेता टिमले प्राप्त गर्ने गोल्डकप का संयोजक टिका विष्टले जानकारी दिएका छन्। खेलमा ए डिभिजन क्लब, मोफसलको चर्चित कल्ब झापा एघार सहित सुनसरी, मोरङ, सिन्धुली सहित भारतको टिम पनि सहभागी हुनेछ भने विधागत पुरस्कारहरू व्यवस्था गरेको छ। गोल्डकप आयोजना गर्न बसेको समितिको बैठकले तेस्रो साउदी अरब गोल्डकपका विशेष सहयोगी सुमन भट्टराईलाई सम्मान पनि गरेको थियो।