१०० सिट पाएनौं भने कांग्रेसमा विद्रोह हुन सक्छ : शेखर कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् ।

Advertisement

बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।

‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ ? उहाँ (अन्य दल) हरु १०० सिट दिने पक्षमा हुनुहुन्न । १६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ उनले भने ।

तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् । ‘विद्रोह हुन सक्छ नेपाली कांग्रेसभित्र । यो कुरालाई हामीहरुले पटक पटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौं । आज र भोलि भित्र उहाँहरुले केही न केही निर्णय गर्नुपर्छ ।’

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search