- झापा। “साक्षरता सिकाई क्षेत्रमा रूपान्तरण ” भन्ने नाराका साथ हल्दिवारी गाउँपालिका ले ५६ औ साक्षरता दिवस आज एक कार्यक्रम गरी मनाएको छ। हल्दिवारी गाउँपालिकाले शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले शिक्षामा आफ्नै नारा ” हल्दिवारी गाउँपालिका इच्छा माध्यमिक तहसम्म व्यवस्थित सुविधा सम्पन्न अनिवार्य नि : शुल्क शिक्षा” अघि सारेको छ । आजको कार्यक्रम मा यो वर्ष एसईई मा ३.६० भन्दा बढी जिपिए ल्याएर उत्तीर्ण हुने सामुदायिक र संस्थागत विद्यालयका ११ जना विधार्थी हरूलाई सम्मान गरेको छ। हल्दिवारी १ का भुवन कार्कीले चिल्ड्रेन गार्डेन इङलिस स्कुल हल्दिवारी १ गोल्धाप बाट ३.९५ जिपिए ल्याएर झापा प्रथम भएका थिए।
हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षता मा भएको कार्यक्रममा झापा क्षेत्र नं ३ प्रदेश ख का माननिय सांसद पुर्ण सिंह राजवंशी प्रमुख अतिथि रहेका थिए। हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ विशेष अतिथि रहेको कार्यक्रममा वडाध्यक्षहरु ,१ नं देवी थापा,२ नं सुकलाल राजवंशी,३नं विष्णु ओली,४ नं सन्तकुमार थापा, शिक्षा शाखा प्रमुख जनककुमारी राई लगायत कार्यपालिका सदस्यहरू, कर्मचारीहरु, शिक्षक शिक्षिकाहरु, विधार्थीहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
हल्दिवारी गाउँपालिका भित्रका संस्थागत र सरकारी विद्यालयमा अध्ययनरत विधार्थी हरूलाई हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै गाउँपालिकाअध्यक्ष रविन्द्र लिङदेनले विधालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले विधालयका प्र अ, व्यवस्थापन समिति र जनप्रतिनिधिहरू संग समन्वय गरी कार्यसम्पादन समिक्षा गर्ने साथै शिक्षाको लगानी बढाउने बताएका थिए भने प्रमुख अतिथि राजवंशीले हल्दिवारी गाउँपालिकाले शिक्षामा गरेको लगानी को प्रतिफल राम्रो आएकोमा खुशी व्यक्त गरेका थिए।
यस्तै प्रशासकीय अधिकृत श्रेष्ठले अर्को पटक को बजेटमा उत्कृष्ट विद्यार्थीलाई सम्मान,पुरस्कार को व्यवस्था गर्ने, बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने साथै प्रत्येक विधालयको वार्षिक समिक्षा गरी शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सके सम्म पहल गर्ने प्रतिबद्धता जनाएका थिए। गाउँ शिक्षा समितिका सदस्य धर्मराज शिवाकोटीले हल्दिवारीका सरकारी संगै निजि विधालयहरूको शैक्षिक स्थिति राम्रो भएकोमा खुसी व्यक्त गर्दै यहाँवाट संस्थागत विद्यालयमा विद्यार्थीहरू हल्दिवारी बाहिर जान रोक्ने गरी अझै प्रयास गर्न सुझाव दिएका थिए भने हल्दिवारी उच्च मा वि का प्र अ टंक पाख्रिनले हल्दिवारीमा विधार्थी संख्या बढिरहेको र गुणस्तर सुधारका लागि सबैको लगनशीलता रहेको धारणा राखेका थिए।
पुरस्कृत विधार्थीका तर्फबाट ३.९५ जिपिए ल्याएर झापा प्रथम भएका हल्दिवारी १ का भुवन कार्कीले गाउँपालिकाले गरेको यो सम्मानले विधार्थीहरुलाई अझै लगनशील हुन प्रोत्साहन गरेको भन्दै खुसी व्यक्त गरेका थिए भने श्रद्धा प्रसाईले सरकारी विद्यालय पनि कमजोर नभएको र आफूले गरेको मिहेनत ले यो सफलता पाएको भन्दै खुसी व्यक्त गरेकी थिइन्। शिक्षा शाखा प्रमुख जनककुमारी राईले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन हल्दिवारी गाउँपालिका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।
सम्मानित विधार्थीहरू निम्न अनुसार रहेका छन्।
१. भुवन कार्की
२.आयुश राजवंशी
३.अंकित दाहाल
४.शसांक शिवाकोटी
५.श्रद्दा प्रसाई
६.ईक्षा इङनाम
७.रूष्मा पाठक
८.रोहित शाह
९.अन्जना घिमिरे
१०.निखिल राजवंशी
११.क्षितिज वन