हल्दिबारीले गर्यो बार्षिक प्रगती समीक्षा

झापा। हल्दिवारी गाउँपालिकाले गत आ.व २०७८/७९ को वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ,वडाध्यक्षहरू क्रमश १,२,३,४,५ देवी बहादुर थापा,शुकलाल राजवंशी, बिष्णुप्रसाद ओली, सन्तकुमार थापा, खडग लावती कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, गाउँपालिका का सवै शाखा प्रमुख तथा कर्मचारी र संचारकर्मीको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिका का सबै शाखाहरू सूचना प्रविधि, कृषि, शिक्षा, भौतिक पूर्वाधार, योजना, लेखा, महिला बालबालिका, जिन्सी, स्वास्थ्य, पशु, प्रशासन , प्रधानमन्त्री स्वरोजगार, गरिबसँग विशेश्वर, लघुउद्यम, महिला विकास, आलेप शाखा र ५ वटै वडाको वार्षिक समिक्षा प्रस्तुत गरिएको थियो। जसमा शाखा प्रमुखहरु ले शाखाको गतिविधि साथै काम गर्दा परेका अप्ठ्यारोहरू समावेश गरेका थिए।

समिक्षा पश्चात कार्यक्रममा बोल्दै कर्मचारीका तर्फबाट स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले कार्यक्रम सकारात्मक भएको र आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए भने जनप्रतिनिधिका तर्फबाट वडा नं १ का वडाध्यक्ष देवी थापा ले कार्यक्रम उत्कृष्ट भएको तर सबैले निर्धारित समयको पालना गर्नु पर्ने सुझाव राखेका थिए। वडा नं २ का अध्यक्ष शुकलाल राजवंशीले गाउँपालिका ले पहिलो पटक यस्तो कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका थिए। यस्तै वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा ले कर्मचारी र जनप्रतिनिधिहरू विचको यस्तो कार्यक्रमले धेरै कुरा सिक्ने अवसर मिलेको बताएका थिए। प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिकाले चौमासिक रूपमा प्रगती विवरण पेश गर्ने र यसलाई निरन्तरता दिने बताएका थिए। यसैगरी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ले गापाभित्र सन्चालन हुने भौतिक पूर्वाधार का योजना हरु समयमै सम्पन्न गरिनुपर्ने तथा तिनको स्थलगत अनुगमन प्रभावकारी ढंगले गर्ने धारणा राखेकी थिइन्
कार्यक्रमको अन्त्यमा बोल्दै गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले अघिल्लो पाँच वर्षमा यस्तो कार्यक्रम नभएको र कर्मचारी र जनप्रतिनिधिहरू विच घुलमिल अलि कम भएको भन्दै आजको कार्यक्रम र कर्मचारीको टिमलाई आभार व्यक्त गरेका थिए। यस्तै उनले हल्दिवारी गाउँपालिकाले गरेका हरेक गतिविधिहरू चुस्त दुरुस्त राख्न सबै कर्मचारीलाई आग्रह गर्दै जनप्रतिनिधिले गर्नुपर्ने कर्तब्य पुरा गर्ने वचनबद्धता जनाएका थिए। कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search