झापा। नागरिक आरोग्य सेवा केन्द्र हल्दिवारी को आज एक विशेष कार्यक्रमका बीच उदघाटन भएको छ। हल्दिवारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा को अध्यक्षता मा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली प्रमुख अतिथि रहेकी थिइन् भने अतिथिहरुमा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, जलथल स्वास्थ्य चौकीका प्रकास खतिवडा, जिल्ला आयुर्वेदका कविराज टेकनाथ अर्याल , वडा सचिव जयप्रसाद पोखरेल लगायत रहेका थिए।
आजवाट स्थानीय तहमा कचनकवल पछि आयुर्वेद को पंचकर्म अन्तगर्त पूर्वकर्म सेवा, जसमा ढाड दुख्ने, बाथको समस्या, हातखुट्टा दुख्ने लगायत समस्या को थेरापी सेवा पनि सुरु गरेको छ ।
आयुर्वेदका माध्यमबाट जनतालाई स्वास्थ्य सुविधा दिने उद्देश्यले यो स्वास्थ्य केन्द्र एक वर्ष अघिबाट संचालनमा आएपनि आज उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले रिवन काटेर उदघाटन गरेकी हुन ।
कार्यक्रममा बोल्दै कविराज अर्यालले नागरिक सेवा केन्द्रलाई एउटा बेड अत्यावश्यक भएको साथै एकजना कर्मचारी पनि आवश्यक रहेको भन्दै स्थानीय निकायले यसमा पहल गरिदिन आग्रह गरेका थिए।
कार्यक्रमका सभापति वडाध्यक्ष थापाले आयुर्वेद को यो स्वास्थ्य सुविधाले धेरै जनता लाभान्वित भएको भन्दै यसको आवश्यकता लाई मध्यनजर गरेर वडाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको संचालन मिनाकुमारी मेहेताले गरेकी थिइन्।