पाथीभरा सिंहकाली धार्मिक क्षेत्र हल्दिबारीमा पितृ मोक्ष पुराण सुरु

झापा। पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय विकास क्षेत्र हल्दिबारी ४ मा आज आईतवार देखि श्री सोर्‍ह श्राद्द को पावन अवसर पारेर पितृ मोक्ष पुराण श्रीमद देवी भागवत ज्ञान् महायज्ञ सुरु भएको छ । पण्डित श्री सुदिप कौशिक को प्रमुख वाचकत्व र उपवाचक पण्डित श्री विकास निरौला बाट दैनिक पाठपारायण साथै कलाकारहरुबाट नियमित संगितमय भजन किर्तन समेत गरिने मन्दिर व्यवस्थापन समितिका सचिव अनिल चौहानले जानकारी दिएका छन् । यो धार्मिक क्षेत्रमा प्रत्येक वर्ष सोर्ह श्राद्धमा पुराण लाग्ने गरेको छ।


पुराण समुदघाटनमा हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, मन्दिर व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद पोखरेल, पुराण आयोजक समिति अध्यक्ष टिकामाया ढकाल, समाजसेवी केदार उप्रेती लगायत सयौ भक्तजनहरूको को उपस्थिति रहेको थियो। पाथीभरा मन्दिर परिसर परिक्रमा गरेर कलशयात्रा भएको थियो।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search