राप्रपाले बनायो संसदीय समिति

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय समिति बनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राप्रपाले संसदीय समिति बनाएको हो ।

समितिमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी पदेन सदस्य रहनेछन् ।

त्यस्तै, अध्यक्ष लिङ्देनले चन्द्रबहादुर गुरुङ, प्रा.डा. गीताभक्त जोशी, प्रा.डा. जयन्तनाथ खनाल, डा. कान्ता भट्टराई, वरिष्ठ अधिवक्ता राजु बस्नेत, केन्द्रीय सदस्य केदार न्यौपाने, पूर्वसभासद बबिना मोक्तान लावतीलाई मनोनीत गरेका छन् ।
संसदीय समितिमा सातवटै प्रदेश समितिका अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search