झापा। हल्दिबारी गाउँपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष . राजेन्द्र योङ्हाङको निधन भएको छ ।
चितवनको भरतपुर क्यान्सर हस्पिटलमा उपचारको क्रममा उनको गएराति निधन भएको हो । करिब ५० वर्षिय योङ्हाङलाई ब्लड क्यान्सरको समस्या रहेको थियो । राति निधन भएका योङ्हाङको शव घरतिर ल्याउने काम भइरहेको पारिवारिक स्रोतले जनाएको छ। लोकप्रिय जनप्रतिनिधि उनी नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा हल्दिबारी इन्चार्ज रहेका थिए ।