बालदिवसको अवसरमा हल्दिबारीमा हाजिरीजवाफ प्रतियोगिता

झापा । ´´बालमैत्री समाजकाे आधारःजिम्मेवार परिवार, उत्तरदायी सरकार“ भन्ने मुल नारा सहित ५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा हल्दिबारी गाउँपालिकाले अन्तर मा.वि स्तरिय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न गरेको छ।
हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, विभिन्न विद्यालयहरुका शिक्षक शिक्षिकाहरु , कर्मचारीहरू लगायत विधार्थीहरुको उल्लेखिय उपस्थिति रहेको थियो।
हल्दिबारी गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि को सहभागिता रहेको थियो। जसमा हल्दिबारी नमुना मा वि प्रथम, जनजागृति मा वि द्वितीय र चिल्ड्रेन्स गार्डेन एकेडेमी तृतिय भएको थियो।
सहभागी विद्यार्थीहरुलाई हल्दिबारी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले पुरस्कार वितरण गरेका थिए।
सोही क्रममा हल्दिबारी गाउँपालिका बालमैत्री स्थानीय तह बनाउन लागि परेको र अवका हरेक गतिविधिहरू बालमैत्री हुने बताएका थिए।
शिक्षा शाखा प्रमुख जनककुमारी राईले स्वागत मन्तव्य राखेकाे औपचारिक कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर ले गरेकी थिइन् भने हाजिरीजवाफ मा प्रश्नोत्तर कार्यक्रम हेमराज वनले गरेका थिए।
कार्यक्रममा बोल्दै उपप्रमुख मैनालीले विद्यार्थीहरूको लागि पढाईको साथै अतिरिक्त क्रियाकलापहरू आवश्यक पर्ने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको भन्दै विधार्थीहरुलाई बालदिवसको शुभकामना दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search