ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पटक-पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने भएको छ। गत बुधबार बसेको संसदीय समितिको बैठकले ‘नयाँ अनुहार’लाई प्राथमिकता दिनेबारेमा छलफल गरेको थियो।
‘पटक-पटक अवसर पाएकाहरूलाई पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार नबनाउने विषयमा छलफल भएको छ। पार्टीमा मत बढाउन सक्ने समाजका लोकप्रिय व्यक्तिहरूलाई समानुपातिकतर्फ प्राथमिकता दिइन्छ,’ राप्रपाका एक पदाधिकारीले भने।यही मापदण्डमा आधारित भएर राप्रपाले समानुपातिकतर्फ उम्मेदवारको सूची पेश गरिने बताएको छ।
निर्वाचन आयोगले यही असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न दलहरूलाई आग्रह गरेको छ। राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारहरू चयनका बारेमा भने पछि नै मापदण्ड बनाउने भएको छ।