झापा।राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको जिल्ला अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
युवक संगठनका जिल्ला अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा प्रदेश १ का अध्यक्ष एवंम दमक नगरपालिका का मेयर राम थापा , केन्द्रीय प्रवक्ता भक्ति सिटौला रहेका थिए भने अतिथिहरुमा केन्द्रीय प्रशिक्षण विभाग सदस्य खुश्बु अोली, जिल्ला अध्यक्ष केशव ओझा, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की , हल्दिबारी गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङदेन लगायत रहेका थिए।
पुनम राजवंशीले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष लिङदेनले ” बिदेशी को ईशारामा प्रधानमन्त्री बन्ने परिपाटी रहेको र जुन देशका लागि घातक भएको भन्दै त्यस्तो बेथिति रोक्नका लागि राप्रपा को विकल्प अरु दल नभएको जिकिर गरेका थिए। यस्तै भक्ति सिटौलाले पार्टी होइन देशलाई जिताउन राप्रपा दाई मतदान गर्न आग्रह गरेका थिए भने रकम थापाले वैकल्पिक शक्तिको रूपमा उदाएको राष राप्रपा लाई यसपटक जसरी नि राष्ट्रिय पार्टी हुनुपर्ने आवश्यकता औंल्याउँदै सबैले सक्रियताका साथ चुनावी मैदानमा उत्रिन आग्रह गरेका थिए। प्रशिक्षण विभाग कि केन्द्रीय सदस्य ओलीले राप्रपा परिवर्तन देशको अवस्था परिवर्तन को पक्षमा रहेको र युवालाई राजनितिको मूलधारमा स्थान दिएको भन्दै परिवर्तनको सुरूवात आफैबाट गर्न सबैलाई आग्रह गरेकी थिइन्।
एऐतिहासिक अधिवेशन बाट पुन युवा नेता राजकुमार राईको अध्यक्षतामा ५१ सदस्यिय युवक संगठन सर्वसम्मत गठन भएको छ। युवाहरु माझ लोकप्रिय राई आगामी निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन्।
दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि बोल्दै राईले राप्रपा युवाहरूलाई अवशर दिने एकमात्र पार्टी भएको भन्दै अवसरलाई उपलब्धीमा परिणत गर्ने धारणा राखेका थिए।
कार्यक्रमको संचालन युवा संगठनका केशव कार्कीले गरेका थिए ।