हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरुकालागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि (lISA) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय तहको कार्य पकृया र उपलब्धीहरुको लेखाजोखा गरी सबल र दुर्बल पक्ष पहिचान गर्ने उद्देश्यले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्यांकन कार्यविधि २०७७ तर्जुमा गरेको हो।
स्थानीय तहको उचित कार्यसम्पादन सूचकका आधारहरू के के हुन? कसरी स्थानीय तहलाई सुशासन र पारदर्शी ढंगले अघि बढाउने भनि कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रष्ट पारेका थिए।
कार्यक्रममा स्थानीय तहको कार्यसम्पादन सूचकका आधारहरू न्यायिक सम्पादन, कार्यसम्पादन सूचक, भौतिक पूर्वाधारको सूचक,सामाजिक समावेशीकरणको सूचक, वातावरण संरक्षण विपद व्यवस्थापन सम्बन्धी सूचक, सहकार्य र समन्वय सूचक, वार्षिक बजेट तथा योजना व्यस्थापन क्षेत्रको मूल्यांकन, वित्तीय एवम् आर्थिक व्यवस्थापन मूल्याङ्कन सूचक लगायतका आधारहरू र प्राप्त गर्न सकिने अंकका बारेमा प्रशिक्षक सुमन ढकालले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा हल्दिबारी गाउँपालिकामा गत आर्थिक वर्षमा भएका कार्यसम्पादनलाई आधार मानेर समुहगत रुपमा सुचकहरुको स्वमुल्यांकन समेत गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।