चट्याङले लागेर बिर्तामोड २ चैतुबारीमा एक बालिकाको मृत्यु

झापा, असोज २१ , आज साँझ बर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड २ चैतुबारीमा एक बालिकाको मृत्यु भएको छ ।

साँझ ६ बजेतिर परेको चट्याङले लागेर बिर्तामोड २ चैतुबारी निवासी रुपलाल हस्दाकी ११ वर्षिया छोरी अन्जु हस्दाको घटनास्थलमै मृत्यु भएको हो ।

कुमाल बस्तीमा रहेको हजुरआमाको घरबाट साइकलमा आफ्नो घरतर्फ फर्किदै गरेकी अन्जुलाई बाटैमा चट्याङले हानेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search