झापा — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । झापाको यो क्षेत्रमा एमाले र राप्रपा ले चुनावी तालमेल गरेका छन् । प्रतिनिधि सभा मा राप्रपाका केन्द्रीय अध्यक्ष लिङदेन उम्मेदवार भईरहदा प्रदेश क र ख मा क्रमशः एमालेका वसन्त बानियाँ र छवीलाल चुडालले मनोनयन दर्ता गरेका छन्।
मनोनयन दर्ता गराएपछि हजारौँ शुभेच्छुक सामु लिङदेनले राप्रपा र एमालेबीच आवश्यकताअनुसार आंशिक सहकार्य गरेको बताएका थिए । आइतबार झापा निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएपछि लिङ्देनले एमालेसँग एकअर्काको आश्यकताले सहकार्य भएको बताए ।
मनोनयन दर्ता पश्चात चन्द्रगढीमा भएको सभालाई सम्बोधन गर्दै उनले भने ” ३ नं क्षेत्रमा विकासको सुरूवात आफूले गरेको र त्यसैको निरन्तरताको लागि आफ्नो उम्मेदवारी रहेको छ ।” यस्तै एक प्रसंगमा उनले देशमा बढेको भष्ट्राचार हटाउन पनि आफ्नो मुख्य लक्ष्य रहेको र सबैको साथ मिले “भष्ट्राचारीहरूलाई डोजर लाउने र भष्ट्राचारबिरूद्द सशक्त बनेर देशलाई समृद्धि तर्फ लैजाने बताएका थिए”।
यस्तै प्रदेश सभा उम्मेदवार वसन्त बानियाँले यो क्षेत्रको समग्र विकासका लागि तालमेल भएको र युवा शक्ति मिलेर यो क्षेत्रको विकास गर्नेमा ढुक्क हुन मतदाताहरुलाई आग्रह गरेका थिए भने अर्का उम्मेदवार चुडाल ले सत्ताको लागि मात्रै गठबन्धन गर्ने दलहरुलाई पराजित गर्न राप्रपा एमाले मिलेको र पाँच वर्ष सम्म यो क्षेत्रको विकासमा लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
झापा- ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । २०७४ सालमा पनि तत्कालीन वाम गठबन्धनले राप्रपाका लिङ्देनलाई सहयोग गरेको थियो ।