डेंगुका कारण झापाका जनस्वास्थ्य अधिकृत भट्टराईको मृत्यु

झापा- जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतको डेंगु रोगका कारण मृत्यु भएको छ । झापाको भद्रपुर-७ सरस्वती चोकका स्थायी बासिन्दा शशीकुमार भट्टराईको आज काठमाडौँमा निधन भएको हो ।

भट्टराई कुलवंश प्रतिष्ठान झापाका निवर्तमान उपाध्यक्ष समेत रहेका भट्राईको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाल परिवार नियोजन संघ झापाका साधारण सदस्य भट्टराईको ह्याम्स अस्प्तालमा उपचार भइरहेको थियो । स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भट्टराई राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य एवम झापा जिल्ला इन्चार्ज पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...