१८ लाख डाउन पेमेन्टमा एटो थ्री, यस्तो छ मासिक किस्ता

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नो चर्चित क्रसओभर एसयूभी एटो थ्री नेपालमा विक्री सुरु गरेको छ । हिजो अक्टोबर १५ तारिखमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एटो थ्रीको विक्री सुरु गरेको हो ।

विशेषत पावरफुल क्रसओभर खोज्ने ग्राहकलाई लक्षित गर्दै बजारमा आएको एटो थ्रीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ । कम्पनीले सुरुवाती ग्राहकलाई ७ किलोवाटको चार्जर दिने जनाएको छ ।

बजारमा उपलब्ध विद्युतीय कारमा पावरफुल मोटर मध्येकै एउटा मोडलको रुपमा बजारमा आएको एटो थ्री किन्ने ग्राहकले मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । ग्राहकले डाउन पेमेन्ट वापत कम्तीमा १७ लाख ९८ हजार रुपैयाँ जम्मा गर्नु पर्ने हुन्छ । तर, थोरै रकम डाउन पेमेन्ट गरेर गाडी किन्दा कर्जा धेरै दिनु पर्ने र ब्याज बापत धेरै रकम खर्च गर्नु पर्ने हुन्छ ।

अहिले ब्याजदर निकै आकाशिएको बेला छ । त्यसैले गाडी किन्ने ग्राहकले कम्तीमा पनि १५ प्रतिशत ब्याज तिर्नु पर्छ । यसरी कर्जा लिँदा २० प्रतिशत डाउन पेमेन्ट गर्नेले ७१ लाख ९२ हजार रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ । उक्त कर्जा ७ वर्ष भित्र तिर्नेगरी मासिक किस्ता बनाउँदा औषत मासिक १ लाख ३९ हाराहारी पर्नेछ । यदि ग्राहकले सुरुमै ५० प्रतिशत रकम डाउन पेमेन्ट बुझाउने हो भने मासिक ८७ हजार हाराहारी किस्ता पर्नेछ ।

यस्तो छ एटो थ्री

बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन यसको सबैभन्दा सबल पक्ष हो । १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग रहेका छन् ।

 

यूरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ । नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । एटो थ्रीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

सुरक्षाको लागि यसमा ७ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकडर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ । यसमा सुरक्षाको लागि चाहिने आधुनिक सबै सुरक्षा फिचर उपलब्ध रहेको छ ।

म्यूजिक र स्पोर्टस् थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, १२.८ इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, ८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइट, मल्टी फङ्गसनल स्टेरिङ ह्वील पाउन सकिन्छ ।

बीवाइडीले एटो थ्रीको चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ । १८ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...