नेपाली कांग्रेसका महासमिति सदस्य एवम् भद्रपुर नगरपालिकाका पूर्व मेयर भारतेन्दुकुमार मल्लिक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा प्रवेश गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसमा राजनीति गरेका मल्लिकले राप्रपा प्रवेश गर्दै भने ” कांग्रेस भित्र देखिएको गुटका कारण सच्चा कांग्रेसले पटक हार्नु परेको र देश संकटमा परेकोले एउटा सच्चा नेपाली भएकाले देशको रक्षार्थ आफूले राष्ट्रवादी पार्टी रोजेको हो” ।
विकास र देशलाई निकास दिने कुरामा राप्रपाको विकल्प नभएको भन्दै उनले, देशको विकास र भष्ट्राचारबिरूद्द आफू सशक्त भएर लाग्ने वचनबद्धता जनाएका छन्। यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले मल्लिकलाई पार्टी प्रवेश गराउन पाउँदा खुसी लागेको र अवका दिनमा संगसंगै रहेर यो क्षेत्रको विकासका लागि पहल गर्ने बताएका छन्।
यस्तै कार्यक्रममा बोल्दै लिङदेनले झापाका जनता सचेत भएको र आगामी निर्वाचनमा आफूलाई निर्वाचित गर्नेमा ढुक्क भएको अभिव्यक्ति दिएका छन्।यसैगरी उनले कसैले गरेको दुष्प्रचारले आफूलाई कतिपनि असर नपुग्ने धारणा राखेका थिए।कार्यक्रममा सयौँ नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो।