साना किसान कृषि सहकारी हल्दिबारीको १२ औ वार्षिक साधारणसभा सम्पन्न

झापा। साना किसान कृषि सहकारी संस्था लिमिटेड हल्दिबारी ४ को १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष कृष्णमाया गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने विशेष अतिथिमा ४ नं वडाध्यक्ष सन्तकुमार थापा, केन्द्रीय कृषि सहकारी संस्था कि प्रतिनिधि मिनाकुमारी दाहाल एवम् अतिथिहरुमा सहकारी समन्वय समिति हल्दिबारीका हरीकृष्ण अधिकारी, हल्दिबारी गाउँपालिका सहकारी शाखा प्रमुख, कविता कर्ण,राजगढ साना किसानका प्रतिनिधि भक्त राजवंशी लगायत विभिन्न सहकारीका प्रतिनिधिहरू , संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

संस्थाले साधारण सभा मार्फत आ.व २०७८/०७९ मा कुल आम्दानी ५ करोड २४ लाख ४८ हजार ८ सय ६१ , कुलखर्च ४ करोड ६६ लाख २ हजार ७ सय ५४ गरेर कुल ५८ लाख ४६ हजार १ सय ७ मुनाफा गर्न सफल भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङदेनले, हल्दिबारी गाउँपालिका भित्रकै उत्कृष्ट कार्यसम्पादन गरिरहेको साना किसान लाई आगामी दिनमा पनि यो उत्कृष्टता कायम रहोस् भनि शुभकामना दिएका थिए भने गाउँपालीकाले यसअघि पनि सहकारीलाई सहयोग गरेको र फेरि पनि गर्ने साथै कार्यक्रमहरूमा सहकार्य गर्न तयार रहेको भनाई राखेका थिए।
यस्तै झापा जिल्ला कृषि संघकी प्रतिनिधि मिनाकुमारी दाहालले महिलाहरूले चलाएको उत्कृष्ट सहकारी भएको र दिदीबहिनी घरको काम सकेर बढाएको सक्रियताको प्रशंसा गरेकी थिइन्।
यस्तै वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापाले सहकारीले गर्ने गतिविधिहरूमा वडा संग समन्वय गर्नुपर्ने र वडा ले गर्न सक्ने सहयोग गर्न तयार रहेको धारणा राखेका थिए।

कार्यक्रममा हल्दिबारी मा. वि मा वाली विज्ञानमा अध्यनरत उत्कृष्ट अंक ल्याउने छात्र राजु राजवंशी र छात्रा मिमांसा हाङमा लावती लाई सम्मान पत्र तथा नगद सहित सम्मान गरिएको थियो भने उत्कृष्ट संचालक तर्फ अन्तर समूह २ कि खेसकुमारी गिरी र कर्मचारी सर्मिला मेचेलाई पनि सम्मान गरिएको थियो।
यसैगरी कार्यक्रममा संस्थाको वार्षिक कार्यक्रम,निति तथा योजना पनि प्रस्तुत गरिएको थियो। तारा ढुङगेलले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन संस्थाकी व्यवस्थापक तारा भट्टराई खतिवडाले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search