पाथीभरा पर्यटकीय क्षेत्र हल्दिबारीमा, रमाइलो मेला सुरु

झापा। पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र हल्दिबारी गाउँपालिका वडा नं ४ मा आजबाट पर्यटकीय रमाइलो मेला प्रारम्भ भएको छ।
हल्दिबारीकै धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको यो क्षेत्रलाई अझै अगाडी बढाउन र प्रचार प्रसारको लागि मेलाको आयोजना गरिएको मेला व्यवस्थापन समितिका संयोजक एकराज रानामगरले बताएका थिए।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालीका अध्यक्ष रविन्द्र लिङदेन, विशेष अतिथि उपाध्यक्ष लक्ष्मीदेवी मैनाली एवं अतिथिहरूमा वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा,३नं वडाध्यक्ष विष्णु ओली, वडा सदस्य सुरेन्द्र बाराकोटी, भावना दाहाल, शान्ता विश्वकर्मा, पाथीभरा क्षेत्रका पूर्व अध्यक्षहरू रेम खरेल,लखन हेमरम, शिक्षक, विभिन्न संघसंस्था का प्रतिनिधिहरू , पूर्व जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, संचारकर्मी सहित दर्शकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घघाटन हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन सहित सम्पूर्ण अतिथिहरुले पाथीभरा देवीको फोटोमा पूजा गरेर गरेका थिए।
सन्थाल जातिको मौलिक नृत्यबाट सुरु भएको मेलामा १४ गते सम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने पर्यटकीय क्षेत्रका सचिव अनिल चौहानले जानकारी दिएका छन्। कार्यक्रमको संचालन योगेश कार्कीले गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search