डोजरको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। दैलेखमा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति भैरवी गाउँपालिका-४ मा डोजरको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भैरवी गाउँपालिका-३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको मृत्यु भएको हो। ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार उक्त पालिकामै पर्ने सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे१क १६४२ नम्बरको डोजरले खातुनलाई ठक्कर दिएको हो। डोजर चालक प्रविणकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search