राप्रपा राष्ट्रिय पार्टी बन्ने, एमालेको नेतृत्वमा सरकार : के पी ओली

झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका अगुवा कार्यकर्ता भेलालाई आज झापाको भद्रपुरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गरेका छन्।

Advertisement

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमाले र राप्रपा ले झापाका केही निर्वाचन क्षेत्रमा चुनावी तालमेल गरेका छन्।झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभामा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन उम्मेदवार रहेका छन् भने प्रदेशसभा क मा वसन्त बानियाँ र ख मा छविलाल चुडाल रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि रहेका एमाले अध्यक्ष ओलीले “राजेन्द्र लिङदेनलाई २४ दिन पछिको सांसद” भन्दै सम्बोधनको सुरूवात गरेका थिए।
उनले राष्ट्रिय आवश्यकता भएकोले राप्रपा संग तालमेल भएको भन्दै, राजेन्द्र लिङदेनले देशको हितमा काम गरिरहेको ले विचार मिल्ने संग साथसाथै अघी बढ्ने उद्देश्य रहेको ले सहकार्य गर्न लागेको बताएका थिए।

उनले अव राजेन्द्र लिङदेन एक्लै सांसद नभएर राप्रपा अव राष्ट्रिय पार्टी बन्ने बताएका थिए।
यसैगरी सम्बोधनका क्रममा उनले अव एमालेको नेतृत्वमा राप्रपा सरकारमा जाने र विकासको गतिले तिव्रता लिने धारणा राखेका थिए।

यसैगरी राप्रपाका अध्यक्ष लिङदेनले, एमाले र राप्रपाको चुनावी तालमेल चुनाव जित्न मात्रै नभएर देशद्रोही हराउन र राष्ट्रियता बचाउन भएको विचार व्यक्त गरेका थिए।
यसैगरी उनले आफू सांसद हुँदा गरेको विकासको कुरा आफूले गरेको भन्दै हिड्ने नेपाली कांग्रेस सहितको गठबन्धनलाई चुनौती दिदै भने “सत्य कुरा गरेर जनताको माझमा जाने आँट कहिले आउँछ?
कार्यक्रममा प्रदेश सभा उम्मेदवार बानियाँ र चुडाल ले आफूहरूलाई मत दिएर जिताउन आग्रह गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search