हल्दिबारी गाउँपालिका वडा नं ४ को मतदाता शिक्षा सम्बन्धी तालिम सम्पन्न

झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ ले आज मंगलबार मतदाता शिक्षा सम्बन्धी तालिम वडा भित्रका टोल विकास संस्थाका प्रतिनिधिहरुलाई दिएको छ।

आगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लक्षित गरी यो तालिम आयोजना गरिएको हो ।
निर्वाचनमा मतदान गर्दा मतबदर नहोस् भन्ने उद्देश्यले यो अन्तरकृया कार्यक्रम गरिएको हल्दिबारी वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेलले स्पष्ट पारेका थिए।

कार्यक्रममा सहभागीहरूले वरिपरि छरछिमेकमा मतदाता शिक्षा सम्बन्धी जानकारी गराउने छन्।

हल्दिबारी गाउँपालिका वडा नं ४ कि मतदाता शिक्षा सम्बन्धी फोकल पर्सन मिना रसाईलीले ४ नं का सबै टोल विकास संग समन्वय गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताएकी थिइन्।

अन्तरकृयामा पाथीभरा सामुदायिक वन उपभोक्ता समूह का अध्यक्ष चिरन्जीवी पौडेल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्र बस्नेत, जलथल स्वास्थ्य चौकी इन्चार्ज रामप्रसाद ढकाल, जलथल प्रहरी चौकी इन्चार्ज , विभिन्न संघसंस्था का प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search