मतदानका दिन कुन-कुन सवारीसाधन अनुमतिपत्र विनै चलाउन पाइन्छ?

काठमाडौं- आगामी मंसीर ४ गते मतदानका दिन अत्यावश्यक हुने सवारी साधन अनुमतिपत्र विनै सञ्चालन गर्न पाइने भएको छ।

मतदानका दिन बिरामी बोकेका एम्बुलेन्स, शव बाहन, दमकल, सञ्चारकर्मी, तरकारी तथा फलफूल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनका लागि छुट्टै पास नचाहिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

निर्वाचन आयोगको सूचीमा परेका बाहेकका सवारीसाधन भने अनुमति पत्र विना सञ्चालन गर्न नपाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search