बार्हदशीका सयौ माओवादी कार्यकर्ताले दिए राजीनामा, गठबन्धनलाई धक्का

झापा। नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटि सदस्य तथा झापा क्षेत्र नम्बर ३ ख का इन्चार्ज मर्गुव आलम सहितको ठूलो संख्याले पार्टीबाट राजिनामा दिएका छन । राजिनामा दिनेहरुमा झापा जिल्ला सदस्य कृष्ण मोहन गौतम, देवी प्रसाद रेग्मी, बसन्त कुमार गनेश, अजमुदिन मिया, शाहा आलम, महमद करिम सहित सयौंको संख्यामा नेता कार्यकर्ताहरुले राजिनामा दिएका हुन ।

कुनै विचार र सिद्धान्त नमिल्ने तथा देशलाई निकास दिन नसक्ने पार्टीसंग गठबन्धन गरेपछि सम्पुर्ण जिम्मेवारीबाट अलग रहदै पार्टी परिपत्याग गरिएको प्रदेश कमिटि सदस्य आलमले जानकारी दिए । बाह्रदशी गाँउपालिका का सयौंको संख्याले राजिनामा दिएसंगै सत्ता गठबन्धनका उमेदवारहरु लाई ठूलो असर पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search