झापा । जिल्ला निर्वाचन क्षेत्र नं ३ अन्तर्गत आज राजगढ बजारमा आयोजित नेकपा एमाले तथा राप्रपाको संयुक्त चुनावी सभा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन।
संयुक्त चुनाव प्रचार समिती द्वारा आयोजित विशाल जनसभा सम्बोधन गर्दै राप्रपा अध्यक्ष तथा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार लिङ्देनले बिसौ बर्ष नेपाली कांग्रेसले बिकासबाट पर राखेको क्षेत्र नं ३ मा पाच बर्ष भित्रमा कांग्रेसले बिसौ बर्षमा नगरेको बिकासको काम गरेको बताए। उनले एक संसदको काम क्षेत्रलाइ समृद्धि तर्फ लाने हो भन्ने सोचको बिकास जनतामा आफुले जिते पश्चात् गरेको कार्यले भरिएको बताए।
नेकपा एमालेका नेता देवेन्द्र दाहाल, जितु गौतम लगायत विभिन्न राप्रपाका नेताले सम्बोधन गरेको कार्यक्रमको मुख्य आकर्षण बिपि कोइरालाकि नातिनी बलिउड सुपर स्टार मनिषा कोइराला थिइन।
कार्यक्रम सम्बोधनको दौरान कोइरालाले आफुले आफ्नो हजुरबुबाले सुझाए झै एक हात छातिमा र एक हातमा नेपालको माटो समाइ सोच बिचार पुर्ण निर्णय गर्दै राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाइ सहयोग गर्न आएको बताइन। उनले यो देशमा लागेको भ्रष्टाचार को क्यान्सर राजेन्द्र लिङ्देनले ठिम गर्ने बताउदै आफू लिङ्देन सग अत्यन्तै प्रभावित भएको बताइन।
क्षेत्र नं ३ प्रदेश “ख” का उम्मेद्बार छबिलाल चुडालले युवा पुस्ता भविस्यको कर्णधार मात्र नभएर बर्तमानको साझेदार पन रहेको बताउदै तालमेलको उम्मेद्बारहरुलाइ भोट हाल्न अपिल गरे। बक्ता नेताहरुले तालमेल यहाँ मात्र नभएर सरकार गठन सम्म हुने र राष्ट्रिवादी शक्ति राष्ट्रियताको सवालमा एकढिक्का रहने बताए।