मतदाताको विश्वासको मतलाई खेर जान नदिने राजेन्द्र लिङदेनको प्रतिबद्धता

झापा क्षेत्र नं ३ बाट जनताको मन र मत जित्दै दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले बिजय पश्चात बधाई दिन उपस्थिति शुभेच्छुकहरूलाई सम्बोधन गर्दै भने “जुन एजेण्डा बोकेर तपाईंहरूको माझमा आएको छु त्यो पूरा गर्नेछु” ।भष्ट्रचार गरेर खानु भनेको आमाको रगत खानु सरह मानेर राष्ट्रका लागि काम गर्नेछु ।

म बरु नष्ट हुन्छु, तर भ्रष्ट हुदिन भन्दै उनले
“पहिलोपटक चुनाव जित्न जस्तो सजिलो दोस्रोपटक हुदैन तर विश्वास गरेर जिताउने मतदाता लाई निराश नपार्ने प्रतिबद्धता जनाउदै
सबै मतदाताप्रति आभार व्यक्त गरेका थिए

जनता कसैको पैसा, प्रलोभन र ठेकेदारीमा चल्दैनन् भन्ने कुरा झापा–३ का जनताले प्रमाणित गरिदिएको भन्दै उनले यहाँ व्यक्ति विचार नभर्इ प्रवृत्तिबिचको लडाइँ भएको र
एउटा विचार र प्रवृत्तिलाई पराजित गरेकाे धारणा राखेका थिए।

मतदाता सामु प्रतिबद्धता जनाउँदै उनले भने ” मतदाता दुःखी हुने कुनै पनि काम गर्दिनँ , मतदाताको विश्वासमा कुठाराघात हुने काम यो जुनीमा त के, अर्को जुनीमा पनि गर्ने छैन ”

मतदाताहरूलाई सम्बोधन गर्दै उनले आफूलाई भेटघाट गर्न आउँदा फूलमाला, अबिर लिएर आउनु नपर्ने,जुन मत चाहिएको थियो त्यो प्राप्त भएको र त्यही नै ठुलो कुरा हो भन्दै सामान्य भेटघाट गर्ने अनि काम तिर लाग्ने बताएका थिए।
पहिले जस्तो संसदमा अब आफू एक्लै नभएर बलियो टिमको उपस्थिति हुने र जनताको शिर ठाडो पार्ने काम गर्न प्रतिबद्ध रहेको धारणा राखेका थिए।

लिङदेनले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक हराएर संसद भवनको  यात्रा  दोस्रो पटक तय गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...