क्यामरुन र सर्बियाको बराबरी, दुवै टिमको अन्तिम १६ सम्भावना जीवित

फिफा विश्वकप २०२२ मा समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।

६ गोल भएको खेलमा एक एक अंक जोडेसँगै दुवै टिमले अन्तिम खेलअघि प्रिक्वार्टरफाइनलको सम्भावना जीवित पनि बनाएका छन्।

खेलमा क्यानरुनले पहिले अग्रता लियो। क्यामरुनका लागि २९ मिनेटमा जिन चार्ल्सले गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी टाइममा सर्बियाले दुई गोल गर्दै पहिलो हाफअघि अग्रता लिएको थियो। सर्बियाका लागि पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा पाब्लोभिक र तेस्रो मिनेटमा साबिकले गोल गरेका थिए।

दोस्रो हाफको सुरुवातमा पनि सर्बिया हाबी देखियो। ५३ मिनेटमा मिट्रोभिकले गोल गरेपछि सर्बिया ३-१ अघि बढेको थियो।

तर क्यामरुनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याएको थियो। उसका लागि ६३ मिनेटमा अबोउबारक र ६६ मिनेटमा चोउपो मोटिङले गोल गरेका थिए। जसका कारण क्यामरुनले दुई गोलले पछि परेको अवस्था उल्टाएको थियो। समूहमा दुवै टिमले यसअघि पहिलो खेलमा हार बेहोरेका थिए। क्यामरुनलाई स्विट्जरल्यान्ड र सर्बियालाई ब्राजिलले हराएका थिए। अब अन्तिम खेलमा क्यामरुनले ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डसँग खेल्नेछन्। दुवै टिमलाई दोस्रो चरणमा पुग्न जित आवश्यक छ। समूहका आज राति स्विट्जरल्यान्ड र ब्राजिल भिड्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...