झापामा प्रतिनिधि सभा मा ५.६१ र प्रदेश सभामा ४.४७ % मत बदर

झापा । झापामा ४६ हजार ५२४ मत बदर भएको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ २३ हजार ९६० अर्थात् ५.८१ प्रतिशत मत र प्रदेशसभा सदस्यतर्फ २२ हजार ५६४ अर्थात् ५.४५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए ।

Advertisement

जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ ४ लाख ३६ हजार २ सय ६६ अर्थात् ६५.७७ प्रतिशत मत र प्रदेशसभातर्फ ४ लाख ३६ हजार ५८६ अर्थात् ६५.८२ प्रतिशत मत खसेको थियो ।

प्रतिनिधिसभातर्फ ४ लाख १२ हजार ३०६ र प्रदेशसभातर्फ ४ लाख १४ हजार २२ मत सदर भएको सूचना अधिकारी न्यौपानेले बताए ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा जिल्लामा बदर मत संख्या बढेको मतगणनामा खटिएका राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन् ।

मतदाताले एउटै मतपत्रमा दुई वटाभन्दा बढी स्वस्तिक छाप प्रयोग गर्नुका साथै ल्याप्चे समेत प्रयोग गरिएको मतगणनाको क्रममा भेटिएको प्रतिनिधिहरूको भनाई छ । २०७४ सालको आम निर्वाचनमा ५ लाख ८५ हजार १६६ मतदाता रहेकोमा ४.७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search