नवनिर्वाचित सांसद राजेन्द्र लिङदेनले गरे एकैदिन हल्दिबारीमा ३ वटा पुलको शिलान्यास

झापा। हल्दिबारी गाउँपालिकाले पालिका भित्रका काठेपुल हटाउने लक्ष्य अनुरुप आज मंशिर १४ गते एकैदिन हल्दिबारी ५ र १ को सिमानामा पर्ने भुतेनी , हल्दिबारी ३ को भुसुडी खोलाको २ वटा गरि एकैदिन ३ वटा पुलहरुको शिलान्यास भएको छ ।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेन , प्रदेशसभा सदस्य छविलाल चुडाल र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले संयुतरुपमा पुलको उदघाट्न गरेका थिए । २ वर्षभित्र कार्य सम्पन्न गर्ने गरि सारा सृष्टी निर्माण सेवा प्रा लि ले रु ४ करोड ६७ लाख ९४ हजार ८ सय ६७ रुपैयाँमा सम्झौता गरि काम सुरु गरेको छ । विकासका कामहरुलाई तिव्र गतिमा अघि बढाईरहेको गाउँपालिकामा यि ३ वटा पुल निमार्ण कार्य सम्पन्न भएपछि काठेपुल मुक्तपालिका बन्ने छ ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि सांसद लिङदेनले संसद भवन जानुअघि नै विकासका कामहरुमा आफनो सक्रियता बढाएका छन् । शिलान्यास समारोहमा बोल्दै “उनले आफ्नो पहिलो लक्ष्य जनताको लागि काम गनेै भएकाले संसद भवन र सपथ भन्दा नि काम ठूलो भएको बताए” उनले हल्दिबारीबासीका लागि अति आवश्यक यि पुलहरुलाई प्राथमिकतामा राखेर काम अघि बढाउन र समयमै सम्पन्न गर्न निमार्ण कम्पनीलाई आग्रह गरेका थिए ।

यस्तै प्रदेशसभा सदस्य चुडालले जनताको दुखसुखमा सदैव साथ रहने धारणा राखेका थिए । गाउँपालिकाका अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिकालाई समृद्ध र विकसित गर्न सबै नागरिकको साथको आवश्यकता रहेको र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सदैव तयार रहेको अभिव्यक्ति दिएका थिए । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ, १ देखि ५ वटै वडाका वडाध्यक्षहरु क्रमश देवीवहादुर थापा, सुकलाल राजवंशी, बिष्णुप्रसाद ओली, सन्तकुमार थापा, खडग लावती, सवै वडाका वडासदस्यहरु, कर्मचारीहरु, स्थानियवासीहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search