फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणका अन्तिम खेल हुँदैछन्। समूह ‘जी’ मा ब्राजिल र क्यामरुन तथा सर्विया र स्विट्जरल्यान्ड भिड्दैछन्।

समूहमा ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा छ भने अन्तिम १६ मा पुगिसकेको छ। दोस्रो स्थानको स्विट्जरल्यान्डको ३ अंक छ भने तेस्रो स्थानको क्यामरुन र चौथो स्थानको सर्वियाको १-१ अंक छ।
यता समूह ‘एच’ मा पोर्चुगलविरुद्ध दक्षिण कोरिया तथा घानाविरुद्ध उरुवेबीच खेल हुँदैछ। पोर्चुगल सुरुवाती दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर अन्तिम १६ मा पुगिसकेको छ। दोस्रो स्थानको घानाको ३ अंक छ भने तेस्रो स्थानको दक्षिण कोरिया र चौथो स्थानको उरुग्वेको १-१ अंक छ।









