एमालेका कर्ण थापालाई हराउँदै बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

काठमाडौं। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै कांग्रेस सहमहामन्त्री पाण्डे  निर्वाचित भएका हुन्।

पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्दा एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।यस्तै उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जंगबहादुर गिरीले २०७ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका रामबहादुर शाहीले ७३ गरेका छन्। स्वतन्त्र टेकबहादुर बडुवालले भने ११४ मत प्राप्त ल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search