सेनेगललाई हराएर इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा

अफ्रिकी प्रतिस्पर्धी सेनेगललाई ३-० गोलले पराजित गरी इंग्ल्याण्ड कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार हुने क्वाटरफाइनल चरणको खेलमा इंग्ल्याण्डले साविक विजेता फ्रान्सको सामना गर्नेछ ।

 

गएराति नै सम्पन्न खेलमा फ्रान्सले पोल्याण्डलाई ३-१ गोलले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो । दुई पूर्व विजेता टोलीहरु क्वाटरफाइनलमै भिड्न लागेका हुन् । इंग्ल्याण्ड सन् १९६६ को विश्व विजेता हो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको छ ।

अल बायेट रंगशालामा इंग्ल्याण्डले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । जुड बेलिंगघमको क्रसमा जोर्डन हेण्डरसनले गोल गर्दा ३८औं मिनेटमा इंग्ल्याण्डले अग्रता लियो ।

 

पहिलो हाफको अन्त्यतिर इंग्लिस कप्तान ह्यारी केनले गोल गरे । उनले फिल फोडेनको पासलाई सदुपयोग गरी जारी विश्वकपमा आफ्नो पहिलो गोल गरे । दोस्रो हाफमा बुकायो साकामार्फत ५७औं मिनेटमा इंग्ल्याण्डले तेस्रो तथा अन्तिम गोल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search