झापा। “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्ध को अभियान” भन्ने मूल नारा सहित लैङ्गिक हिंसाविरुद्ध कानुनी सचेतना मूलक अभिमुखीकरण कार्यक्रम हल्दिबारी
गाउँपालीकामा एक कार्यक्रम गरि मनाईएको छ। लैंगिक हिंसाविरुद्ध को १६ दिने अभियान चलिरहेको छ ।
लैंगिक हिंसा के हो?? कसरी हिंसामा परिन्छ?? को को हिंसामा पर्छन् लगायतका विषयमा अधिवक्ता कविता बास्तोलाले बुझाएकी थिइन्।
यसैगरी उनले हिंसाबाट महिला पुरुष दुवै प्रताडित हुने भन्दै हिंसा कसैले कसैलाई गर्न नहुने र सहन पनि नहुने भन्दै हिंसाविरुद्ध सशक्त आवाज उठाउन सचेत गराएकी थिइन्।
“यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको प्रतिबद्धता, स्वास्थ्य प्रवद्धनमा हाम्रो ऐक्यबद्धता ” भन्ने नाराका साथ १९ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश पनि मनाइएको छ।
कार्यक्रममा हल्दिबारी गाउँपालीका भित्रका सबै महिला स्वयंसेविका हरुको उपस्थिति रहेको थियो।
ग्रामीण क्षेत्रमा रहेर गाउँ गाउँ पुगेर निशुल्क स्वास्थ्य सेवा दिने स्वयमसेविकाहरूलाई दोशला सहित सम्मान गरिएको थियो।
सम्मानितहरूको प्रतिनिधित्व गर्दै स्वयंसेविका शारदा लिङदेनले सधै समाजको अग्रभागमा रहेर काम गर्ने स्वयमसेविकाहरूलाई पनि निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने धारणा राखेकी थिइन्।
हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, सन्तकुमार थापा,सुकलाल राजवंशी, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा लगायत सबै शाखा प्रमुखहरु, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, संचारकर्मी , विधार्थीहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले महिला स्वंयमसेविकाहरूको कामको तारिफ गर्दै आगामी दिनमा उनीहरूले उठाएको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सदैव तयार रहेको बताएका थिए।स्वास्थ्य शाखा प्रमुख निरौलाले हल्दिबारी गाउँपालिका वर्ष २०७८/७९ मा सबैको मिहिनेतले हल्दिबारी पालीका स्तर मा पहिलो भएको भन्दै धन्यवाद दिएका थिए।
कार्यक्रमको समापन गर्दै उपाध्यक्ष मैनालीले कुनै न कुनै बेला धेरै मान्छे हिंसामा पर्ने गरेको र लुकाएर राख्नाले लैङ्गिक हिंसा बढेको भन्दै यसलाई हटाउन सबैले आवाज उठाउन पर्ने र आफ्नो सदैव साथ रहने वचनबद्धता जनाएकी थिइन्।
अधिवक्ता बास्तोला र हल्दिबारी गाउँपालिका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा हिंसाविरुद्ध आवाज उठाउन प्रतिबद्धता पत्रमा सबैले हस्ताक्षर पनि गरेका थिए।