रवीन्द्र मिश्रले बुझाए निर्वाचन खर्च विवरण

हालै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण उनले आयोगमा पेश गरेका हुन्।

उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दाभन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन्। २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका थिए।

चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’ मा राख्ने बताएका छन्।

मिश्र नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग १२९ मतले पराजित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...