ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया विश्वकपको सेमीफाइनलमा

कतारमा जारी फिफा विश्वकपमा ब्राजिलविरुद्ध जित निकाल्दै  क्रोएसिया सेमीफाइनलमा प्रवेश गरेको छ। कतारको एजुकेसन सिटी रंगशालामा भर्खरै सम्पन्न खेलमा पेनाल्टी सुटआउटबाट ४-२ को जित निकाल्दै क्रोएसिया सेमीफाइनलमा पुगेको हो।

खेलको निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेल अतरिक्त ३० मिनेट थपिएको थियो।

अतिरिक्त समयको १०५ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। तर खेलको ११६ औं मिनेटमा क्रोएसियाका पेट्कोभिचले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

त्यसपछि पेनाल्टीमा पुगेपछि ब्राजिलविरुद्ध क्राएसियाले जित निकालेको हो। ब्राजिलका लागि मार्क्विन्होस र रोड्रिगोले पेनाल्टी सुटआउटमा गोल गर्न सकेनन्।

यता क्रोएसियाका सबै खेलाडीले गोल गरेपछि पाँच पटकको विजेताले लगातार दोस्रो पटक क्वार्टरफाइनलमा हार बेहोरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...