हल्दिबारी वडा नं ४ का टोलबिकास समिति लाई योजना संचालन सम्बन्धी अभिमुखीकरण

झापा। टोल विकास संस्थालाई योजना संचालन सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम हल्दिबारी गाउँपालिकाको आयोजनामा आज वडा नं ४ मा सम्पन्न भएको छ।
वडाध्यक्ष सन्तकुमार थापा को अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुरेन्द्र बाराकोटी , जलथल स्वास्थ्य चौकी इन्चार्ज रामप्रसाद ढकाल लगायत अतिथि रहेका थिए।

टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार के हो?? सामाजिक कार्यहरुमा कसरी सहभागी हुने?? लगायतका विषयमा हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ ले प्रष्ट पारेका थिए।


यसैगरी कार्यक्रममा प्रशासन शाखा प्रमुख राजन न्यौपानेले टोल विकास संस्था गठन गर्नुपर्ने आवश्यकता,संस्थाका पदाधिकारीहरुलाई कसरी चलायमान बनाउने,के कसरी आफ्नो टोललाई अरु भन्दा उत्कृष्ट बनाउने भनेर प्रशिक्षण दिएका थिए।
त्यसैगरी टोलविकास संस्थाले गर्ने योजनाका कामहरुमा सामान खरिद बिक्री कसरी गर्ने?? खरिद बिधि के छ??समिति दर्ता, विधान लगायतका विषयमा योजना शाखा प्रमुख सुरज पोखरेलले प्रष्ट पारेका थिए।

संस्थाले कार्य सम्पन्न गर्दा हिसाबकिताब कसरी राख्ने? के के कागजात चाहिन्छ,कर कति र कसरी तिर्नुपर्छ भनेर लेखा अधिकृत दिपक भट्टराईले जानकारी गराएका थिए।

वडा सदस्य भावना दाहाल ले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।

कार्यक्रममा वडा नं ४ भित्रका पाथीभरा,ऐनावारी र बाहुनढोका टोलविकास संस्थाका पदाधिकारीहरु सहभागी भएका थिए।सहभागी टोलविकास संस्थाका प्रतिनिधिहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...