झापा।हल्दीबारी गाउँपालिकाको सहयोग तथा हल्दिबारी अपाङ्गता उत्थान समूहको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई एक दिवसीय सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अपाङ्गता भएका विपन्न ३० परिवारलाई न्यानो कपडा वितरण कार्यक्रम गरिएको थियो। हल्दिबारी अपाङ्गता उत्थान समूहका अध्यक्ष दिलकुमार राजवंशीको सभापतित्वमा संचालित कार्यक्रमको प्रमुख अतिथी प्रदेश सांसद छवि चुडाल रहेका थिए भने बिशिस्ट अतिथि हल्दीबारी गाउँपालिकाका प्रशासन शाखा प्रमुख राजन न्यौपाने, अतिथिहरुमा वडा ५ नं का वडा सदस्य जिवन कन्दंवा,शिवमाया मगर लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी चुडाल ले आगामी दिनमा अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदेश सरकारको सहयोग हुने प्रतिबद्धता जनाएका थिए।
यस्तै न्यौपानेले हल्दीबारी भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता बिकासमा तथा सहयोगी सामाग्रीको उपलब्धतामा गाउँपालिका को साथ सहयोग रहने बताएका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष दिलकुमार राजवंशीले स्थानीय तहको योजना तर्जुमाका चरण एवम प्रकृयाहरुमा अपांङ्गता भएका ब्यक्तिहरुको समेत सहभागिता अनिवार्य हुनुपर्ने तथा सरकारी एवम सार्वजनिक भवन कार्यालयहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका थिए।
हरीमाया मिश्रको स्वागत मन्तव्य रहेको कार्यक्रम को संचालन राम टुडुले गरेका थिए।