पवन गिरीको अध्यक्षतामा हल्दिबारी २ मा बालसंजाल गठन

झापा।हल्दिबारी गाउँपालिका वडा नं २ ले वडास्तरीय बाल संजाल आज एक कार्यक्रमका बीच गठन गरेको छ।
वडाध्यक्ष शुकलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य अम्बिका तोलाङगी, रचना कुलुङ, गणेश मगर, विष्णु बहादुर राई , नवसिर्जना आ वि का शिक्षक बुद्दी नेपाल, राष्ट्रिय एकता प्रा
का शिक्षक अर्जुनकुमार पौडेल, लगायतको उपस्थिति रहेकाे थियो।

वडा भित्रका वडा सामुदायिक विद्यालय र संस्थागत गरी ८ वटा विद्यालय विद्यार्थीहरूवाट प्रतिनिधित्व हुने गरी छनौट गरि संजाल गठन गरिएको थियो ।

हल्दिबारी मा वि का पवन गिरीको अध्यक्षतामा गठन भएको संजालको समितिमा
उपाध्यक्ष : एलिसा गौतम
सचिव: सुसन लिम्बू
सहसचिव : समिक्षा अधिकारी
कोषाध्यक्ष : बसन्त भुजेल
सदस्यहरू : प्रिती शर्मा,राज दाहाल, खुसी मगर,सन्धया तामाङ, वविता राई,ईक्सा बेगा,प्रमित विष्ट, नविन पौडेल,शिव राजवंशी,जुनाराज कटवाल रहेका छन


कार्यक्रममा बोल्दै वडाध्यक्ष राजवंशीले बालबालिकाको हकहित र सर्वोपरि विकासका लागि वडा सधै तयार रहेको धारणा राखेका थिए ।उनले बालबालिकाको क्षमता अभिवृद्धि तथा समूहमा रचनात्मक काम गर्न बालसंजालको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेका थिए भने बालबालिकालाई पढाईको साथै अन्य कृयाकलापमा सहभागी हुन र सामाजिक कार्यहरुमा स्थापित गराउन पनि यो आवश्यक भएको र नवगठित समितिले गर्ने काममा आफ्नो सदैव सहयोग रहने बताएका थिए।

यस्तै नवगठित संजालका अध्यक्ष पवन गिरीले बालबालिकाको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा संजालले काम गर्ने तथा सबैवाट सहयोग को अपेक्षा गरिएको धारणा राखेका थिए।
कार्यक्रमको संचालन कर्मचारी मानबहादुर राउतले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search