झापा। टोल विकास संस्थालाई योजना संचालन सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम हल्दिबारी गाउँपालिकाको आयोजनामा मंसिर २९ गते वडा नं ५ मा सम्पन्न भएको छ।
वडाध्यक्ष खडक लावती को अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुष्मा महरा, बिजय फागो , शिवमाया मगर लगायत अतिथि रहेका थिए।
टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार के हो?? सामाजिक कार्यहरुमा कसरी सहभागी हुने?? लगायतका विषयमा हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ ले प्रष्ट पारेका थिए।
यसैगरी कार्यक्रममा प्रशासन शाखा प्रमुख राजन न्यौपानेले टोल विकास संस्था गठन गर्नुपर्ने आवश्यकता,संस्थाका पदाधिकारीहरुलाई कसरी चलायमान बनाउने,के कसरी आफ्नो टोललाई अरु भन्दा उत्कृष्ट बनाउने भनेर प्रशिक्षण दिएका थिए।
त्यसैगरी टोलविकास संस्थाले गर्ने योजनाका कामहरु,योजना संचालनमा निर्णय प्रकृया,पारदर्सिता,तयार गर्नुपर्ने कागजातहरु,सामाजिक परिक्षण,सूचनापाटी आदीको योजना शाखा प्रमुख सुरज पोखरेलले प्रष्ट पारेका थिए।
संस्थाले कार्य सम्पन्न गर्दा हिसाबकिताब कसरी राख्ने? के के कागजात चाहिन्छ,कर कति र कसरी तिर्नुपर्छ भनेर लेखा अधिकृत दिपक भट्टराईले जानकारी गराएका थिए।
वडा सदस्य जिवन कन्दंवाले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन वडा सचिव भजन संग्रौलाले गरेका थिए।
कार्यक्रममा वडा नं ५ भित्रका सबै टोलविकास संस्थाका पदाधिकारीहरु सहभागी भएका थिए।
सहभागी टोलविकास संस्थाका प्रतिनिधिहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले हल्दिबारी गाउँपालिकाले यस अघि वडा नं १ र ४ मा अभिमुखीकरण सम्पन्न गरिसकेको छ भने बाँकी वडा मा तालिम दिदै जाने कुरा समेत जानकारी गराएका थिए।