झापा।हल्दिबारी गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
हल्दीबारी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको संयोजन स्माइल नेपाल ले गरेको थियो।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, वडाध्यक्षहरू १ देखि ५ सम्म क्रमशः देवी बहादुर थापा,शुकलाल राजवंशी, बिष्णुप्रसाद ओली, सन्तकुमार थापा,खडग लावती लगायत, सबै जनप्रतिनिधिहरू,शाखाका कर्मचारीहरु, विभिन्न संघसंस्था का प्रतिनिधिहरू, प्रहरी प्रशासन, विधार्थी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्माइल नेपाल ले सबै वडाहरू मा प्रतिनिधिमूलक रूपमा सेवाग्राहीसंग गरिएको कुराकानीको आधारमा पालिकाको गतिविधि समेटिएको प्रतिवेदन स्माइल नेपालका सुमन ढकालले प्रस्तुत गरेका थिए जसमा सेवाग्राहीलाई १० विषयमा ४७ प्रश्न सोधिएको जानकारी गराएका थिए।
कार्यक्रमको दोस्रो चरणमा सहभागीहरूलाई प्रश्न सोध्न समय दिएको थियो जसमा सहभागीका तर्फबाट, हरीकृष्ण अधिकारी,अनुप साशंकर, पवन गिरी, सन्तोष कुमार मेचे र बलराम गिरीले प्रश्न सोधेका थिए। जसमा
सहकारी संस्थालाई किन कार्यक्रम दिईदैन?? २ नं वडाले सडक बत्तीको बिल किन नतिरेको?? कहिले तिर्ने ?? बालमैत्री स्थानीय तह बनाउन के के कदम चालिदैछ?? सामुदायिक विद्यालय सुधारको काम के के हुदैछ?? हुलाकी बाटोको पुल कहिले सक्ने?? गाउँपालिका ले सहकारीसंगको सहकार्यमा किनेको ट्याक्टर को आम्दानी के के कति छ?? विपन्नका लागि बनेको आवासको वितरण कहिले कसलाई?? हात्तीको आतंक नियन्त्रणको प्रयास के गर्दैछ पालीका ले लगायतका विषय उठेका थिए।
सहभागीहरूको प्रश्रको जवाफ सहकारी संस्थालाई किन कार्यक्रम दिईदैन?? २ नं वडाले सडक बत्तीको बिल किन नतिरेको?? कहिले तिर्ने भनेर प्रश्न गरेका थिए?गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धीत वडाका वडाध्यक्ष लगायत शाखा प्रमुखहरूले दिएका थिए।
कार्यक्रमको अन्त्यमा सरोकारवालाहरूले उठाएका विषय वस्तुहरूमा गर्नुपर्ने सुधार गर्ने तथा चौमासिक रूपमा सार्वजनिक सुनुवाई गाउँपालिका तथा वडाहरू मा गर्ने प्रतिबद्धता गाउँपालिका परिवारले जनाएको थियो।