काठमाडौंसहित देशका अधिकांश भागमा हुस्सु र कुहिरो, आन्तरिक उडान प्रभावित

काठमाडौँ ।  काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ । बिहीबार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् ।

Advertisement

काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ । काठमाडौंमा बिस्तारै हुस्सु कम भए पनि पोखरा, सिमरा, भैरहवा, धनगढीलगायतका विमानस्थलबाट भने मौसमका कारण उडान हुन सकेका छैनन् ।

हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search