झापा। हल्दिबारी गाउँपालिकाले यहि पौष १३ गते बुधबार बि एण्ड सि मेडिकल कलेज बिर्तामोडको प्राविधिक सहयोग मा विशेषज्ञ सेवा सहितको बृहत स्वास्थ्य शिविर को आयोजना गर्दैछ ।
पौष ८ गते गाउँपालिका कार्यालय परिसरबाटै आधारभूत अस्पतालको सेवा प्रारम्भ गरेको अस्पतालले यहाँका स्थानीयबासी लाई सरल र सहज तरिकाले स्वास्थ्य सेवा लिन सकून् भनि यो शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताएका छन्।शिविरमा मुटुरोग, फिजिसियन,नाक कान र घाटी, बालरोग, स्त्रीरोग, हाडजोर्नी तथा नशा रोग का बिरामीलाई सम्बन्धित रोगका विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण तथा परामर्श रहेको छ भने इसिजी सेवा पनि रहने प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिएका छन्।स्वास्थ्य शिविर बिहान ९ बजेबाट हल्दिबारी आधारभूत अस्पतालमा संचालन हुने छ ।