विदेशबाट ल्याएका मोबाइलमा गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमडिएमस प्रक्रिया तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन्। विदेशबाट फर्किएका नेपालले ल्याउने मोबालाइललाई कडाइ गर्ने निर्णय तत्काल लागू नगर्न र पुरानै प्रक्रियामा चल्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

Advertisement

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार अर्थमन्त्री विष्णु पौडेललाई पुरानै प्रक्रिया रहन दिन निर्देशन दिएका हुन्।

आज (पुस १५) देखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने जनाइएको छ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध भइरहेको छ।

प्राधिकरणले गत शनिबार सूचना जारी गरी विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको थियो।

नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट पुस १५ (आज) देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search