झापा।हल्दिबारी गाउँपालिका को १३ औ गाउँसभा पुष १८ गते सोमबार आज सुरुवात भएको छ । गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको सभाको सुरूवात शुभकामना मन्तव्य बाट सुरु भएको थियो।
सभामा विनियोजन ऐन २०७९संसोधन गर्न बनेको विधेयक २०७९, शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक २०७९ र सार्वजनिक खरिद नियमावली २०७९ छलफलका लागि विधायन समितिमा पठाउने निर्णय भएको छ।
यसैगरी विभिन्न विषयगत समितिहरु ले आ .व २०७८/७९ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश भएको छ।
गाउँसभाको अर्को बैठक आगामी पुष २५ गते आहवान गर्दै अध्यक्ष लिङदेनले आजको सभा स्थगन गरेका छन्।