प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् ।१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सात दलीय गठबन्धनबाट गत साता सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २६ पुसमा संसद्मा विश्वासको मत लिने भएका छन्। ११ पुसमा प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने विषय संसद्को कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।

प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलीय समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नयाँ प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसलाई बोलाइएको छ। संसद् सुरु भएको अर्को दिन नै प्रचण्डले विश्वासको मत लिने भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search