झापा।हल्दिबारी गाउँपालिका को गाउँसभा को १३ औ अधिवेशन आज विभिन्न विधेयक हरू पास गर्दै सम्पन्न भएको छ।
गत पौष १८ गते सुरु भएको गाउँ सभाको आज दोस्रो बैठक बसेको हो।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको सभा को शून्य समयमा गाउँसभा का सदस्यहरू , शान्ता शिवाकोटी, अजित विष्ट, रचना कुलुङ, कुलबहादुर राई, आयुषा मेचे, सुरेन्द्र बाराकोटी र बिजय राजवंशीले समसामयिक विषयहरुमा सभाको ध्यानाकर्षण गराएका थिए।
यसैगरी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले पेश गरेको विनियोजन ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ पारित भयो।
प्रकाश कार्की ले शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक २०७९ उपर विधायन समितिमा दफावार छलफल गरी प्रतिवेदन गरेका थिए।
यसैगरी शान्ता शिवाकोटी ले पेश गरेको शिक्षा ऐन २०७९ पनि पास भएको छ।
गत पौष १८ गतेको सभामा यि विधयेकहरू छलफलका लागि पेश गरिएका थिए।